बालकोट जेसीजको स्थापना दिवसमा मानव सेवा आश्रमलाई खाद्य सामाग्रीसहित नगद सहयोग

बालकोट जेसीजको स्थापना दिवसमा मानव सेवा आश्रमलाई खाद्य सामाग्रीसहित नगद सहयोग

काठमाडौं । बालकोट जेसीजले आठौं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम बालकोटलाई खाद्य सामाग्रीसहित ११ हजार रुपैयाँ प्रदान गरेकाे छ। मानव सेवा आश्रमका गरिमा  लक्ष्मी नारायण तथा बालगोपाल(जीवित देविदेवता) हरुको रुपमा रहनु भएका जेष्ठ नागरिकहरुको सेवा सहजीकरणको लागि खाद्य सामाग्री तथा नगद हस्तान्तरण गरेको जानकारी  बालकोट जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी विजय अधिकारीले जानकारी दिए ।

उक्त  कार्यक्रममा बालकोट जेसीजका संस्थापक अध्यक्ष तथा नेपाल जेसीज बर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष जेसी रमा कुमारी प्याकुरेल , सेञ्चुरी क्यापिटलका डिपि एसोसिएट विनय अधिकारी,निवर्तमान अध्यक्ष जेसी प्रवेश  तिमल्सिनालगायत मानव सेवा आश्रम र  जेसीजका पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियो । उक्त कार्यक्रमको संयोजक  बालकोट जेसीजका कोषाध्यक्ष जेसी सरोज पण्डित र कार्यक्रम संचालन निवर्तमान अध्यक्ष जेसी प्रवेश तिमल्सिनाले गरेका थिए ।

खाद्य सामाग्री तथा नगद रकम हाल आश्रममा रहेका ४२ जना अशक्त जेष्ठ नागरिक ,सडकपेटी र सार्वजनिक स्थलहरुबाट उद्धार गरिएका सहयोगापेक्षीहरुको सेवामा समर्पण गरिने आश्रमका प्रमुख जमुना पौडेलले बताइन् ।  बालकोट जेसीजले ब्यक्तित्व विकास र नेतृत्व विकासका कार्यक्रम साथै मानवीय सेवाका कार्यहरु गर्दै आएको जानकारी कार्यक्रमका प्रमुख अतिथी तथा बालकोट जेसीजका संस्थापक अध्यक्ष नेपाल जेसीज बर्ष २०२२कि कार्यकारिणी उपाध्यक्ष जेसी रमा कुमारी प्याकुरेलले दिइन  ।

प्रकाशित मिति:     २८ माघ २०७९, शनिबार  |    Himali Khabar