नुवाकोट । एमालेले नुवाकोटमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ ।
प्रतिनिधिसभातर्फ नुवाकोट क्षेत्र नं. १ मा बद्री मैनालीले टिकट पाएका छन् । २०७४ सालको चुनावमा उनी प्रदेश सभामा विजयी भएका थिए ।
यस्तै प्रतिनिधिसभा तर्फ नुवाकोट क्षेत्र नं. २ मा नारायण खतिवडाले टिकट पाएका छन् । खतिवडा निवर्तमान सांसद हुन् ।
नुवाकोट क्षेत्र नं २ ‘क’ मा केशव पाण्डे र ‘ख’ मा विजय लोप्चनले टिकट पाएका छन् ।