नुवाकोट- २ बाट प्रतिनिधिसभा सदस्यमा वरिष्ठ पर्यटन व्यवसायी पाण्डेको उम्मेदवारी

नुवाकोट- २ बाट प्रतिनिधिसभा सदस्यमा वरिष्ठ पर्यटन व्यवसायी पाण्डेको उम्मेदवारी

नुवाकोट । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरेको छ । उक्त निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमन बिक्रम पाण्डे उम्मेदवार बन्नुहुने भएको छ । पार्टीको प्रारम्भिक निर्वाचनमा उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । योसंगै उहाँले भेटघाटलाई समेत तिब्र बनाउनुभएको छ ।

उहाँको चुनाव चिन्ह घण्टी हो । मुलुकको समृद्धिका लागि भ्रष्टा र बेइमानीहरुलाई घण्टी बजाउनु पर्छभन्दै निर्वाचनमा होमिनु भएको छ ।

लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय उहाँ अब भने सक्रिय राजनीतिमा होमिनु भएको छ । विभिन्न पर्यटन संघसंस्थाको सफल नेतृत्व गरिसक्नु भएका उहाँ व्यवसायसंगै सामाजिक कार्यमा पनि उत्तिकै क्रियाशिल भएर लागिरहनु भएको छ ।

प्रकाशित मिति:     १६ आश्विन २०७९, आईतवार  |    Himali Khabar