तारकेश्वर ३ का अध्यक्ष सुर्यमानलाई कारबाही प्रक्रिया सुरु, प्रहरी कार्यालयको पनि ताकेता

तारकेश्वर ३ का अध्यक्ष सुर्यमानलाई कारबाही प्रक्रिया सुरु, प्रहरी कार्यालयको पनि ताकेता

नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष एवम नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि सुर्यमान श्रेष्ठ (गणेश) लाई नेपाली काङ्ग्रेस नुवाकोटले स्पष्टीकरण सोधेको छ ।

पालिका अध्यक्ष एवम काङ्ग्रेस नेता शिव अधिकारीको चरीत्र हत्या गर्ने गरि अभिव्यक्ति देखिएको भन्दै सात दिन भित्र जिल्ला अनुशासन समितिमा स्पष्टीकरण पेश गर्न निर्देशन गरेको छ ।

उनलाई काङ्ग्रेसको विधान २०१७ (संसोधित सहित) को परिछेद ९ धारा ३४ उपधारा १ को (क) बमोजिम काङ्ग्रेस पार्टीको आदर्श, सिद्धान्त र नीति विपरीत हुने गरि अनुशासन उल्लंघन गरेको आरोप लागेकाले स्पष्टीकरण सोधिएको समितिका संयोजक श्रीराम श्रेष्ठले जानकारी दिए ।

वडा अध्यक्ष श्रेष्ठले पालिकाको बोर्ड खरिदमा कुनै तथ्य र प्रमाण बिनै अध्यक्षले अनियमित गरेको आरोप लगाउदै सामाजिक संजालमा चरीत्र हत्या गर्नेगरि पोस्ट गरेका थिए ।
यसबारे पालिका प्रमुख प्रशासकिय अधिकृतले सार्वजनिक खरिद प्रक्रिया विशुद्ध प्रशासनिक विषय भएकोले त्यसमा पालिकाका अध्यक्ष लगायत कुनै पनि पदाधिकारीको संलग्नता नरहेको स्पष्ट पारिसकेको छ ।

अध्यक्ष श्रेष्ठलाई प्रशासनको समेत ताकेता

यस्तै यहि भदौ २२ गतेको कार्यपालिका बैठकमा उनले माइन्युट खोसेपछि जिल्ला प्रहरी कार्यालयले पनि ताकेता गरेको छ ।बैठकमा उपस्थित उठाउने क्रममा उनले अभद्र व्यवहार प्रदर्शन गरि कार्यपालिकाको बैठकको माइन्युट प्रमुख प्रशासकीय अधिकृतबाट खोसी लगेपछि यसबारे जानकारी गराउन आउन ताकेता गरेको छ । उनले प्रशासकीय अधिकृतलाई अभद्र व्यवहार समेत गरेका थिए । तर उनी अझै सम्म सम्पर्कमा नगएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति:     २५ भाद्र २०७९, शनिबार  |    Himali Khabar