नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम सुरु गरेका छन् । चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत उक्त कार्यक्रम सुरु गर्ने घोषणा गरेअनुरूप हिजो वडा नम्बर ३ बाट कार्यक्रमको सुरुवात गरेका हुन ।

आज वडा नम्बर २ मा कार्यक्रम गरिएको थियो । अन्य वडाहरुमा पनि क्रमशः निरन्तरता दिइने जनाइएको छ । उक्त कार्यक्रममा अन्तर्गत प्रत्येक ३/३ महिनामा जेष्ठ नागरिकको स्वास्थ परिक्षण गरिनुका साथै औषधि तथा सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ । योसंगै जेष्ठ नागरिकसंग अन्तरकृया समेत सन्चालन गरिने छ । यो कार्यक्रम प्रत्येक ३/३ महिनामा सन्चालन गरिने छ ।

जनता र स्थानीय सरकारबीच समन्वय, सहकार्यका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने अध्यक्ष अधिकारीले बताउनुभयो । जति जनतासंग घुलमिल गरेर जान सकिन्छ त्यतिनै जनपक्षीय काम गर्न सकिने भएकाले आफ्ना हरेक योजना र निर्णयमा स्थानीय जनतालाई साथै लिएर जाने उहाँले बताउनु भयो । यस्तै जेष्ठ नागरिक गाउँपालिकाको अभिभावक समेत भएकाले यो कार्यक्रमले कामलाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास छ ।
