नुवाकोट कांग्रेसमा अझै २०–२५ वर्ष केसी परिवारको विकल्प छैन : सभापति केसी

नुवाकोट कांग्रेसमा अझै २०–२५ वर्ष केसी परिवारको विकल्प छैन : सभापति केसी

काठमाडौं । नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले आसन्न महाधिवेशनमा जिल्लाको नेतृत्व आफ्नै टिमले गर्ने जनाउ दिएका छन् । दशैं, तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा आज आयोजित चियापान कार्यक्रममा उनले यस्तो जनाउ गरेका हुन ।

‘म २२ वर्ष सभापति भए अब म हुन्न होला तर सभापति मैले बनाउने हो, बनाएरै छाड्छु त्यो भएपछि म भएर सरह हुन्छ,’ उनले भने, म यो भन्दा माथि कि प्रदेश की केन्द्रिय सदस्यमा जाउला तर फेरि राजनीति नुवाकोटमै गर्ने हो, त्यहीका साथीभाईको दुःख, सुखको साथी बन्ने हो ।’

उनले अजुर्ननरसिंह केसी बुढा भए अब उनको विकल्प खोज्नु पर्छ भन्दै केहीले हल्ला गरेको भन्दै नुवाकोटमा अर्जुननरसिंह केसीको अभाव हुन नदिने बताए । पाकालाई मान र सम्मान गर्न छाडेर जथाभावी बोल्दै नहिड्न पनि उनले चुनौती दिए । ‘ल अर्जुननरसिंह बुढा भएरे म अझै २५ वर्ष नुवाकोटमा राजनीति गर्छु, डा. केदारनरसिंह केसीले फेरी २०–२५ वर्ष राजनीति गर्छ नुवाकोटमा अजुननरसिंह केसीको अभाव कहिल्यै खड्किने छैन् ।’

उनको भनाईबाट नुवाकोट कांग्रेसको जिल्ला सभापतिमा डा. केदारनरसिंह केसीले उम्मेदवार बन्ने प्रष्ट भएको छ। केसी पक्षबाट सभापतिमा डा. केदारनरसिंहको नाम चर्चामा रहेपनि आधिकारिक रुपमा घोषणा गरिएको छैन् ।

उनले नुवाकोटमा कांग्रेसलाई थप सशक्त बनाएर लैजाने भन्दै २ नम्बर क्षेत्रमा सशक्त ढंगका साथ संगठन विस्तारमा लाग्ने समेत बताए ।

प्रकाशित मिति:     ६ कार्तिक २०७८, शनिबार  |    Himali Khabar