४ दिनपछि खुल्यो विराटनगर विमानस्थल

४ दिनपछि खुल्यो विराटनगर विमानस्थल

काठमाडौं । वर्षाका कारणले गर्दा विराटनगर विमानस्थल जलमग्न भएपछि बुधबारदेखि रोकिएको उडान आज शनिवारदेखि सञ्चालनमा आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि भिएफआर माध्यमबाट उडान सञ्चालन हुने जानकारी दिएको हो।

वर्षाका कारण विमानस्थलभित्र पानी पसेपछि बुधबारदेखि विमानस्थल बन्द रहेको थियो। विराटनगर विमानस्थल बन्द भएपछि एयरलाइन्सहरुले भद्रपुर र जनकपुर उडान संख्या बढाएका थिए।

प्रकाशित मिति:     ६ कार्तिक २०७८, शनिबार  |    Himali Khabar