नुवाकोटको सबै स्थानीय तहमा काङ्ग्रेसको नयाँ नेतृत्व, कुन तहमा कस्ले जिते ?

नुवाकोटको सबै स्थानीय तहमा काङ्ग्रेसको नयाँ नेतृत्व, कुन तहमा कस्ले जिते ?

काठमाडौं । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत आज नुवाकोटमा भएको पालिका स्तरीय निर्वाचनको नतिजा आएको छ ।

१२ वटै स्थानीय तहमा नेतृत्व चयनको लागि निर्वाचन भएको छ । त्यसमध्ये बिदुर नगरपालिकाको नतिजा आउन बाकी छ । बेलकोटगढि नगरसभापतिमा लेखनाथ मुडभरि, ककनी गाउँपालिकामा भग्यश्री लामा, सुर्यगढिमा शंकर प्याकुरेल , शिवपुरीमा कविराज गुरुङ, दुप्चेमा रोजलाल मोक्तान, लिखुमा बिनोद पाठक, किस्पाङमा रण बहादुर लामा, मेघाङमा सिहराज लामा, तादिमा नारायण पाण्डे र पन्चकन्या गाउँपालिकामा माधव खनाल चयन भएका छन् ।

तारकेश्वर गाउँपालिकामा केशव अर्याल बिजयी भएका छन् ।

प्रकाशित मिति:     ९ आश्विन २०७८, शनिबार  |    Himali Khabar