जबर्जस्ती करणी उद्योगमा पक्राउ परेका गाउँपालिका अध्यक्ष साढे पाँच लाख धरौटीमा रिहा

जबर्जस्ती करणी उद्योगमा पक्राउ परेका गाउँपालिका अध्यक्ष साढे पाँच लाख धरौटीमा रिहा

रुपन्देही । जबरजस्ती करणी उद्योगमा पक्राउ परेका रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला साढे पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

गएको साउन २७ गते गाउँकै एक महिलालाई जबर्जस्ती करणीको आरोपमा शुक्ला पक्राउ परेका थिए। शुक्ला ५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए। गएको साउन २४ गते आफ्नै घरमा पुगेकी एक महिलालाई जबर्जस्ती करणी प्रयास गरेपछि घटना सार्वजनिक भएको थियो। आफैँले बोलाएर आफ्नो घर पुगेकी महिलालाई उनले कोठामा थुनेर करणी गर्ने प्रयास गर्दा महिला भागेकी थिइन्।

चोरी आरोपमा पक्राउ परेका आफ्ना पतिलाई छुटाइदिन उनले अध्यक्ष शुक्लासँग सहयोग माग गरेकी थिइन्।

प्रकाशित मिति:     ९ भाद्र २०७८, बुधबार  |    Himali Khabar