सांसद शाही र वलीलाई पदमुक्त गर्न नमिल्ने संसद सचिवालयको जवाफ

सांसद शाही र वलीलाई पदमुक्त गर्न नमिल्ने संसद सचिवालयको जवाफ

लुम्बिनी । सूर्य चिह्न लिएर चुनाव जितेका दुई प्रदेश सांसदलाई पदमुक्त गर्न माग गर्दै लुम्बिनी प्रदेशसभामा निवेदन दिएको प्रमुख प्रतिपक्ष नेकपा (एमाले)लाई प्रदेशसभा सचिवालयले कारबाही गर्न नसकिने जवाफ दिएको छ । एमालेले दिएको पत्रको जवाफ दिँदै प्रदेशसभाले एमालेले कारवाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने बताएको हो ।

प्रदेशसभा सचिवालयले एमालेलाई आइतबार पत्र लेखेर अजय शाही र विमला वलीलाई पदमुक्त गर्न नमिल्ने बताएपछि एमाले र प्रदेशसभाबीचको दूरी झन् बढ्ने भएको छ । उनीहरु दुवै सूर्य चिह्नबाट निर्वाचित सांसद भएको र कानूनीरुपमा एमाले नै रहेकाले उनीहरुले एमालेको निर्णय नमानेपछि कारवाही गरी पदमुक्त गर्न एमालेको माग थियो ।

प्रकाशित मिति:     ६ भाद्र २०७८, आईतवार  |    Himali Khabar