गण्डकीमा एकदुई दिनभित्रै पर्यटन लक्षित कोरोना खोप

गण्डकीमा एकदुई दिनभित्रै पर्यटन लक्षित कोरोना खोप

गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन क्षेत्रलाई लक्षित गरी एकदुई दिनभित्रमा नै कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पोखरामा अगाडि बढाउने बताएका छन् ।

पश्चिमाञ्चल होटेल सङ्घद्वारा हिजो पोखरामा आयोजित ‘पर्यटनको वर्तमान अवस्था र राज्यको दायित्व’ विषयक छलफलमा उहाँले प्रथम चरणमा परिषद्अन्तर्गतको सङ्घ लगायतका सदस्य संस्थाका लागि दुई हजार पाँच सय मात्रा खोप व्यवस्था गरिएको जानकारी दिए । थप खोप क्रमशः प्रदान गरिने उनले बताए ।

पर्यटन व्यवसायी र सम्बन्धित सरोकारवाला तथा विज्ञसँग बसेर आफूले पर्यटन पुनरुत्थानको योजना ल्याउने तयारी गरिरहेको बताउँदै मन्त्री कँडेलले कोभिडलाई लक्षित गरी प्रदेश सरकारले ल्याएको एक अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोषको व्यवस्था यथावत् रहेको जानकारी दिए ।

प्रकाशित मिति:     २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar