बागलुङमा विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु

बागलुङमा विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु

बागलुङ । बागलुङमा विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु भएको छ दुई जना गम्भीर बिरामी परेका छन् ।

जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो । मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

मदिरा पिएर गम्भीर बिरामी परेका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । उनीहरुले सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका थिए ।

प्रकाशित मिति:     ५ श्रावण २०७८, मंगलवार  |    Himali Khabar