ठमेलको होटलमा जर्मन नागरिक मृत फेला

ठमेलको होटलमा जर्मन नागरिक मृत फेला

काठमाडौं । तीन महिनादेखि ठमेलको एउटा होटलमा बसिरहेका जर्मन नागरिक मृत फेला परेका छन्। बिहीबार बेलुका ४० वर्षीय डेभिड मिटज्याक्ट बिहान होटलको कोठामा मृत फेला परेका हुन्।

महानगरीय प्रहरी वृत्त लैनचौरका अनुसार बेलुका उनको कोठा नखुलेपछि होटलका साहुले प्रहरीलाई खबर गरेका थिए। उनको मृत्युको कारण खुलेको छैन। उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद दाहालले बताए।

प्रकाशित मिति:     ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar