काठमाडौंमा चाडपर्व लक्षित गरी विशेष सुरक्षा योजना लागू

काठमाडौंमा चाडपर्व लक्षित गरी विशेष सुरक्षा योजना लागू

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले दशैं, तिहार र छठलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहका अनुसार चाडपर्वको समयमा देखापर्न सक्ने सुरक्षा चुनौतिलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको हो ।

राजधानीको सुरक्षा योजना मुलतः ४ कुरालाई ध्यानमा राखेर बनाइएको छ । पहिलो राजधानीको सुरक्षा व्यवस्था त्रुटिरहित, भरपर्दो र विश्वसनीय बनाएर जनजीवना सामान्य बनाउने र दोस्रो देशविदेशबाट घर फर्किएर राजधानी हुँदै गन्तव्यमा जाने यात्रुलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउनु उद्धेश्य रहेको उनले बताए ।

उनका अनुसार यो सुरक्षा योजना १ असोजदेखि कार्यान्वयनमा ल्याउन सुरु गरिसकिएको छ । योजनाअनुसार ३ हजार ३०२ जना जनशक्ति राजधानीमा परिचालित हुनेछन् ।

प्रकाशित मिति:     ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar