सोलु करिडोर प्रसारण लाइन एक महिनाभित्र सञ्चालनमा ल्याउने

सोलु करिडोर प्रसारण लाइन एक महिनाभित्र सञ्चालनमा ल्याउने

काठमाडौं । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । उदयपुरको कटारी नगरपालिका–४ मरुवामा टावर खडा गर्ने र तार टाँग्ने काम शनिबार सकिएसँगै आयोजनाको निर्माण सम्पन्न भएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न समस्या झेल्दै रुग्ण बनेको प्रसारण लाइनको निर्माण सम्पन्न भएकाले अब एक महिनाभित्रमा चार्ज गरी सञ्चालनमा ल्याइने बताए ।

प्रकाशित मिति:     ११ पुष २०७८, आईतवार  |    Himali Khabar