नेपालको उर्जा विकासमा एडीबीले ७ अर्ब ऋण सहयोग गर्ने

नेपालको उर्जा विकासमा एडीबीले ७ अर्ब ऋण सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण सहयोग गर्ने भएको छ । शुक्रबार अर्थमन्त्रालयमा भएको एक कार्यक्रममा एडिबी र अर्थमन्त्रालबीच नेपालको ऊर्जा क्षेत्रको विकासको लागि ऋण सहायता सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी र एडिबीकोतर्फबाट नेपाल निर्देशक अर्नाउड काचोइसले हस्ताक्षर गर्नुभयो । सम्झौता पछि अर्थमन्त्रालयका सचिव मरासिनीले नेपालमा विद्युत ग्रिडलाई आधुनिक बनाँउदै थप सेवा सुविधा र विस्तार गर्नु पर्ने भएकाले एडिबीसँग विद्युत ग्रिड आधुनिक परियोजनाको लागि थप आर्थिक सहयोगको लागि सम्झौता भएको बताए ।

एडिबीले उपलब्ध गराउने ऋण सहायताको रकम विद्युत प्राधिकरणमार्फत विद्यूत ग्रिड परियोजना कार्यान्वयनका लागि खर्च गरिने छ ।

एडिबीका नेपाल निर्देशक अर्नाउड काचोइसले एडिबीको जलविद्युतमा ठूलो लगानी रहेको बताउनुभयो । उहाँले त्यो लगानी मध्ये नेपालमा जलविद्यूतको क्षेत्रमा अझ धेरै लगानी गरेको बताए ।

प्रकाशित मिति:     १० मंसिर २०७८, शुक्रबार  |    Himali Khabar