बुढीगण्डकी डुबानपीडितको आज पनि धर्ना

बुढीगण्डकी डुबानपीडितको आज पनि धर्ना

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका बासिन्दा आज पनि धर्नामा उत्रिएका छन् । रोकिएको मुआब्जा वितरण टुंग्याएर आयोजना छिटो अघि बढाउन माग गर्दै हिजोदेखि माइतीघरमा विरोध थालिएको हो ।

गोरखा र धादिङका डुबानपीडित बासिन्दाले मुआब्जा दिन बाँकी जग्गाको मुआब्जा तत्काल दिनुपर्ने, मुआब्जाका लागि दर्ता छुटलगायत विभिन्न समस्या भएकाको बाटो फुकाउनुपर्ने, घर, गोठ, बोटविरुवाको लगत सार्वजनिक गरी मुआब्जा पुनर्बास र पुनर्स्थापनाको निर्णय तत्काल लागू गर्नुपर्नर्नेलगायतका माग राखेका छन् ।

प्रकाशित मिति:     ५ आश्विन २०७८, मंगलवार  |    Himali Khabar