लमजुङमा चार मेगावाट बिजुली थपिँदै

लमजुङमा चार मेगावाट बिजुली थपिँदै

लमजुङ । लमजुङमा आगामी असोज पहिलो सातादेखि चार मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिका–७ र ८ को सिमानामा माथिल्लो छ्याङ्दीखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि सो परिमाणको बिजुली थपिने भएको हो ।

उत्पादन परीक्षण भइसकेकाले असोज पहिलो सातादेखि बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत एलबी थापाले जानकारी दिए । कोरोना सङ्क्रमणका कारण आयोजना एक वर्ष ढिला सकिएको हो ।

८० करोड ३५ लाख रुपैयाँको लागतमा बिजुली उत्पादन भएको प्रवर्द्धक कम्पनी छ्याङ्दी हाइड्रोपावरले जनाएको छ ।

प्रकाशित मिति:     २८ भाद्र २०७८, सोमबार  |    Himali Khabar