७७ अर्बको माथिल्लो त्रिशुली-१ निर्माण सुरु

७७ अर्बको माथिल्लो त्रिशुली-१ निर्माण सुरु

काठमाडौं । विश्व बैंक र कोरियन लगानी रहेको माथिल्लो त्रिशुली-१ (२१६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । आयोजनाले जारी गरेको प्रेस नोट अनुसार भूमिगत विद्युतगृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’ को काम मंगलबार सुरु भएसँगै आयोजनाको निर्माण सुरु भएको हो ।

दुई सय ४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो बिष्फोट गराइएको प्रेस नोटमा छ । ‘मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण सुरु गरिएको छ’ उसले भनेको छ ।

आयोजना स्थलमा क्रसर प्लान्ट तथा ब्याचिङ प्लान्टको स्थापना, निर्माण सामाग्रीहरुको परीक्षण, पहुँच सडकका लागि त्रिशुली नदीमा बेली ब्रिजको निर्माण, बाँधलगायतका संरचना निर्माणका लागि रुख कटान, सर्च ट्याङतर्फको पहुँच सडक निर्माण लगायतका काम धमाधम भइरहेको आयोजनाले जनाएको छ । निर्माणमा अहिले दुई सय श्रमिक आयोजनास्थलमा खटिएका छन् । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडलमा कोरियन कम्पनी डुसानले ठेक्का पाएको छ ।

प्रकाशित मिति:     २ भाद्र २०७८, बुधबार  |    Himali Khabar