भदौं १५ अगावै माथिल्लो तामाकोसीबाट ४५६ मेगावाट विद्युत उत्पादन

भदौं १५ अगावै माथिल्लो तामाकोसीबाट ४५६ मेगावाट विद्युत उत्पादन

काठमाडौं। माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट ४५६ मेगावाट विद्युत उत्पादन सुरु भएको छ। चार वटा युनिटबाट व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको माथिल्लो तामाकोसीबाट भदौ १५ गतेभित्र ४५६ मेगावाटकै व्यावसायिक विद्युत उत्पादन सुरु हुने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

बिहानदेखि साँझसम्म र पिक समयमा आयोजना पूर्ण क्षमतामा चले पनि रातको समयमा भने आवश्यकता अनुसार मात्रै चलाउने गरिएको उनले बताए। आयोजनाको परीक्षणका लागि पहिलोपटक वैशाख १६ गते सुरुङमार्गमा पानी हालेर सुरु गरिएको थियो। तर तल्लो भर्टिकल (२७३ मिटर) र माथिल्लो भर्टिकल (३१० मिटर) जोड्ने तेस्रो भागको पेनस्टक पाइपमा बनाइएको म्यानहोलु को बिर्कोबाट पानी चुहिएपछि परीक्षण रोकियो। पेनस्टकमा कुनै समस्या आए भित्र गएर मर्मत गर्न म्यानहोल बनाइएको हुन्छ।

प्रकाशित मिति:     २ भाद्र २०७८, बुधबार  |    Himali Khabar