गत वर्ष विद्युत चुहावट १.९१ प्रतिशतले बढ्यो

गत वर्ष विद्युत चुहावट १.९१ प्रतिशतले बढ्यो

कठमाडौं । एक वर्षको अवधिमा १.९१ प्रतिशतले विद्युत चुहावट बढेको छ । कोभिड–१९ का कारण विद्युत चुहावट र मुनाफामा असर परेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । प्राधिकरणको ३६औँ वार्षिकोत्सवमा उनले बन्दाबन्दी र निषेधाज्ञाले नियमित मिटर रिडिङ र विद्युत चहावट नियन्त्रण कार्य प्रभावित हुँदा घाटा र चुहावट बढेको उनले बताए ।

प्राधिकरणले आर्थिक वर्ष २०७७–०७८ मा विद्युत विक्रीबाट ७१ अर्ब २८ करोड आम्दानी गरेको छ । यो गत आर्थिक वर्ष २०७६र०७७ को ७६ अर्ब ३१ करोडको तुलनामा ६.५९ प्रतिशतले न्यून हो ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । आयोजनाको ६ वटै युनिटबाट ४५६ मेगावाट विद्युत उत्पादन सुरु हुनु प्राधिकरणको महत्वपूर्ण उपलब्धी भएको उनले बताए ।

कुल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूत रूपमा ग्रिडको पहुँचसहितको विद्युत पुगेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति:     १ भाद्र २०७८, मंगलवार  |    Himali Khabar