अरुण तेस्रो जलविद्युत् आयोजना : दुई वर्षमा डिपिआर, चार वर्षमा निर्माण

अरुण तेस्रो जलविद्युत् आयोजना : दुई वर्षमा डिपिआर, चार वर्षमा निर्माण

काठमाडौं । ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतजल विद्युत् निगमले नै तल्लो अरुण निर्माण गर्ने भएको छ। कूल ६७९ मेगावाट क्षमताको सो आयोजनाको विस्तृत सम्भाव्यता प्रतिवेदन तयार पार्नका लागि आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएसँगै आयोजनाको काम अगाडि बढ्ने भएको हो। समझदारीपत्रका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र सतलज विद्युत् निगमका अध्यक्ष नन्दलाल शर्माले हस्ताक्षर गरे।

अर्धजलाशयुक्त प्रकृतिको आयोजनाबाट वार्षिक रूपमा दुई हजार ६२५ गिगावाट घन्टा ऊर्जा उत्पादन हुन्छ। संखुवासभामा आयोजनास्थल रहेको सो आयोजना आकर्षकमध्येको एक हो ।

प्रकाशित मिति:     २८ असार २०७८, सोमबार  |    Himali Khabar