दूधकोसी जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

दूधकोसी जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

काठमाडौं । सरकारले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले रावावेशी र ऐँसेलुखर्क गाउँपालिकाका प्रभावित जग्गा अधिग्रहण गर्न रोक्का गर्ने सूचना बुधबार सार्वजनिक गरी प्रक्रिया अगाडि बढाएको हो ।

यो जलाशययुक्त आयोजनाले तीन जिल्लालाई छुने छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको तीन हजार ८७६ हेक्टर जमिन प्रभावित हुने आकलनअनुसार खोटाङको दुई गाउँपालिकाबाट जग्गा अधिग्रहणको थालनी गरिएको हो । कार्यालयले खोटाङको रावाबेँसी गाउँपालिकाका छवटा वडा र ऐँसेलुखर्क गाउँपालिकाका तीनवटा वडाअन्तर्गतका पूर्ण तथा आंशिक रोक्कामा पर्ने कित्ता र जग्गाधनीको विवरण बुधबार सार्वजनिक गरेको हो । सूचना गोरखापत्र दैनिकको बुधबारको अङ्कमा प्रकाशित गरिएको छ ।

प्रकाशित मिति:     २४ असार २०७८, बिहीबार  |    Himali Khabar