काठमाडौ ७ `ख´ को प्रदेश कमिटी सदस्यमा रबिन्द्र पण्डित मनोनीत

काठमाडौ ७ `ख´ को प्रदेश कमिटी सदस्यमा रबिन्द्र पण्डित मनोनीत

काठमाडौं । नेपाली काङ्ग्रेसकाे काठमाडौ क्षेत्र नम्बर ७ प्रदेश `ख´ को प्रदेश कमिटी सदस्यमा रबिन्द्र पण्डित मनोनीत भएका छन् । पण्डित नेपाली काङ्ग्रेसका युवा नेता हुन । उनलाई `ख´ को सभापति बासु लामाले मनोनीत गरेका हुन ।

आसन्न स्थानीय तह र नजिकिदै गरेको संघ र प्रदेशसभा निर्वाचनमा पार्टीलाई बलियो बनाउन उनको योगदानको कदर गर्दै मनोनीत गरिएको जनाएको छ ।

यस्तै आजै बिनोद घलान, दिनेश खतिवडा र राजाराम फुयाललाई पनि ७ को क्षेत्रीय सदस्यमा मनोनीत गरिएको छ ।

प्रकाशित मिति:     ७ बैशाख २०७९, बुधबार  |    Himali Khabar