प्रधानमन्त्री देउवा दिल्लीमा

प्रधानमन्त्री देउवा दिल्लीमा

काठमाडौं । तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्ली पुगेका छन् ।

चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरेका छन् ।

देउवा चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्नेछन् ।

प्रकाशित मिति:     १८ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar