काठमाडौ । नेपाल विद्यार्थी संघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाईसहित कार्यकाल सफलताकाे शुभकामना दिएका छन् ।
बुधबार शेर्पालाई कांग्रेसले नेविसंघ अध्यक्षकाे जिम्मेवारी दिएकाे थियाे । बिहिबार कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले अध्यक्ष शेर्पालाई बधाई दिएका हुन् ।
साे भेटमा गृहमन्त्री बालकृष्ण खाँणले पनि बधाई ज्ञापन गरेका थिए । त्यस्तै शेर्पालाई महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री प्रकाशमान सिंह र डा. शशांक काेइरालाले पनि बधाई दिएका छन् । शेर्पाले आज ११ बजे नेविसंघकाे अनामनगरस्थित कार्यालयमा पदभार ग्रहण गर्दैछन् ।
