नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. २ प्रदेश (क) को क्षेत्रीय अधिवेशन नजिकिंदै जाँदा सभापतिका उम्मेदवार अक्कलबहादुर ढुंगाना (श्याम) को पक्षमा माहोल निर्माण हुँदै गएको छ। मंसिर ३ गते हुने क्षेत्रीय अधिवेशन नजिकिंदै जाँदा ढुंगानाको पक्षमा माहोल बन्दै गएपछि उनी सभापतिका बलिया दाबेदार बनेका छन् ।
उनी २०५४ सालदेखि कांग्रेसको क्रियाशील सदस्यभई लामो समय बेलकोटगढी–काठमाडौं सम्पर्क समितिका सभापतिको रुपमा काम गरेका छन् । स्थानीय निर्वाचन नजिकिएको र संघीय तथा प्रदेश निर्वाचन पनि नजिकिएकाले यो पटक ढुंगानालाई नै सभापति बनाउँदा नुवाकोटको सन्तुलन मिलाउन सकिने निचोटमा कांग्रेसी छन् ।
‘
२०४६ सालमा च्वाडि पब्लिक माध्यमिक विद्यालयमा नेविसंघको सक्रिय राजनिति गर्दै बिध्यार्थी राजनितिमा होमिएका ढुंगाना त्यतिबेलैदेखि पार्टीको विभिन्न गतिबिधिमा प्रत्क्षय संलग्न थिए । २०५४ सालमा नेपाली काङ्ग्रेसको कृयासिल सदस्य लिएका ढुंगानाले २०६२÷२०६३ सालको जनआन्दोलनमा सक्रिय सहभागितामात्र निभाएनन् आन्दोलनका लागि नेतृत्वदायी भूमिका निर्बाह गरेका छन् । यस्तै सामाजिक सेवामा पनि ढुंगाना निकै सक्रिया छन् । जसको कारण उनी सबैको रोजाईमा छन् ।