काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रामेछाप नगर – काठमाडौ सम्पर्क समन्वय समिति गठन गरिएको छ । राजु कुमार मगरको नेतृत्वमा ३५ सदस्य नगर समन्वय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा दिर्घ तामाङ, डोब बहादुर मगर (सुमित), इन्दिरा घिमिरे, सचिवमा नवीन श्रेष्ठ , सह-सचिवमा मदन तामाङ र कोषाध्यक्षमा दिपेश शाही चयन भएका छन् ।

यसका साथै ९ वटै वडामा वडा समन्वय समिति गठन गरिएको छ । वडा कमिटिको अध्यक्षमा पुर्ण कुमार श्रेष्ठ ,उपाध्यक्षमा मोहन कुमार नेवा, सचिवमा खिल बहादुर श्रेष्ठ, सह-सचिवमा रामकृष्ण शाही र कोषाध्यक्षमा भोला कुमार शाही चयन भएका छन् ।
भेला प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रम पार्टी स्थायी समिति सदस्य तथा नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।