मकवानपुर । वागमती प्रदेश सरकारको मुख्यमन्त्रीका एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्थाअनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
एमालेका तर्फबाट धादिङ क्षेत्र १ (१) बाट विजयी बनेका पाण्डे वागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् ।