सांसदलाई दशैं विदा, अर्को बैठक कात्तिक ९ गते बस्ने

सांसदलाई दशैं विदा, अर्को बैठक कात्तिक ९ गते बस्ने

काठमाडौं । संघीय संसदको दुवै सदनमा दशैं विदा शुरु भएको छ । सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैमा विदा दिइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् ।

सोमबारको बैठक पनि नेकपा एमालेका सांसदहरुको विरोधका बाबजुद सञ्चालन गरिएको थियो । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका थिए भने राष्ट्रियसभामा एमाले सांसदहरु मौन रहेर उभिएका थिए ।

प्रकाशित मिति:     २५ आश्विन २०७८, सोमबार  |    Himali Khabar