एनआरएनमा कुल आचार्यको समूहलाई जिताउन कांग्रेसले ८ नेता खटायो, कुन नेतालाई कुन क्षेत्रको जिम्मेवारी ?

एनआरएनमा कुल आचार्यको समूहलाई जिताउन कांग्रेसले ८ नेता खटायो, कुन नेतालाई कुन क्षेत्रको जिम्मेवारी ?

काठमाडौं । नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशनबाट लोकतन्त्रवादी समूहलाई विजयी गराउन महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा नेताहरू खटाएको छ ।

कांग्रेसले विभिन्न देशमा रहेका जनसम्पर्क समितिहरूलाई सर्कुलर पठाउँदै आसन्न निर्वाचनमा कांग्रेसले कुल आचार्यको नेतृत्वमा प्यानल खडा गरेको जनाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले असोज १५ गते सबै शाखाहरूलाई सर्कुलर पठाउँदै कांग्रेसका उम्मेदवार जिताउन आ–आफ्नो ठाउँबाट समन्वय गर्न निर्देशन दिएका छन् ।

कांग्रेसले यूरोप क्षेत्रमा प्रकाशशरण महत र गगनकुमार थापा, एशिया क्षेत्रमा अजुन नरसिंह केसी र अर्जुनप्रसाद जोशी, अमेरिका डा. मिनेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व हेर्न गोविन्द भट्टराई र प्रवक्ता विश्वप्रकाश शर्मा र ओसियाना क्षेत्रमा समन्वय गर्ने जिम्मेवारी सुरेन्द्रराज पाण्डेलाई दिएको छ।

प्रकाशित मिति:     १७ आश्विन २०७८, आईतवार  |    Himali Khabar