कांग्रेसको क्रियाशिल बिवाद, नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याइने

कांग्रेसको क्रियाशिल बिवाद, नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याइने

काठमाडौं । नेपाली कांग्रेसले बारा, सप्तरी, सिन्धुपाल्चोक लगायतका जिल्लाको क्रियाशील सदस्यता नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याउने भएको छ ।

पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, बारा र सप्तरीको सबै (४–४ क्षेत्र), रसुवा र सिन्धुपाल्चोकको विवाद टुंग्याउन नयाँ मापदण्ड बनाउने निर्णय गरेको हो । पाँच दिनभित्र यो टुंगाइने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले महाधिवेशनको नयाँ कार्यतालिका भने बनाएको छैन । कार्यतालिका बनाउने र त्यसअनुसार काम नहुँदा गलत सन्देश जाने भन्दै सभापति शेरबहादुर देउवाले विवाद टुंगो लगाएपछि मात्र तालिका बनाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति:     १५ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar