वामदेव गौतमल भने म केपी ओलीतिर गएको छैन

वामदेव गौतमल भने म केपी ओलीतिर गएको छैन

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले आफू प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुटमा नलागेको बताएका छन्। आइतबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै गौतमले केही समयअघि प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा गएकै आधारमा ओलीतिर गएको आरोप नलगाउन आग्रह गरे। आफू कुनै समूहमा नभइ एमालेमा भएको उनले प्रस्ट पारे।

पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सभामा म गएको भनी धेरै आलोचना भयो। वामदेव केपीतिर गयो भनियो। म यो सभामार्फत् सबैलाई भन्न चाहन्छु म कुनैतर्फ होइन, एमाले हो त्यही प्रमाण पेस गर्न गएको हो, उनले भने।

एमालेभित्रको विवाद समाधान गर्न कार्यदलले काम गरिरहेको र आज साँझसम्म खुसीको खबर आउने अपेक्षा उनले व्यक्त गरे।

प्रकाशित मिति:     २७ असार २०७८, आईतवार  |    Himali Khabar