टीटीडीसीको अध्यक्षमा शर्मा, उपाध्यक्षमा धमला र महासचिवमा तिमल्सिनाको उम्मेदवारी घोषणा

टीटीडीसीको अध्यक्षमा शर्मा, उपाध्यक्षमा धमला र महासचिवमा तिमल्सिनाको उम्मेदवारी घोषणा

काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) को अध्यक्षमा भविश्वर शर्माले उम्मेदवारी दिएका छन् । परिषद्का वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले आज ठमेलमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार शर्माले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । उनले ठमेल क्षेत्रको सुरक्षाका लागि ५०० सिसिक्यामरा जडान गर्ने, सादा पोसाकमा प्रहरी परिचालन गर्ने, ठमेलभित्र ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

अध्यक्षमा निर्वाचित भए ठमेल क्षेत्रको फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरबेटी व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने शर्माको प्रतिबद्धता छ । त्यस्तै, शर्माको समूहबाट उपाध्यक्षमा सहदेव धमला र महासचिवमा बद्री तिमल्सिनाले समेत उम्मेदवारी घोषणा गरेका छन् ।

उनलाई सत्तारुढ दलमा आवद्ध गठबन्धनको समर्थन रहेको छ । टीटीडीसीको निर्वाचन यही असार ३२ मा हुँदैछ ।

प्रकाशित मिति:     २० असार २०७९, सोमबार  |    Himali Khabar