सोल्टी होटल २२ करोड नोक्सानीमा

सोल्टी होटल २२ करोड नोक्सानीमा

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सोल्टी होटलले २२ करोड नोक्सानी बेहोरेको छ। सार्वजनिक विवरण अनुसार होटलले ४५ करोड ३९ लाख आम्दानी गरेको थियो।

यो आम्दानी अघिल्लो वर्षको तुलनामा ६४ प्रतिशत न्यून हो। होटलको खर्च ६२ करोड भएको थियो। कोरोना महामारीका कारण भएको लकडाउनले पर्यटक नआउँदा ब्यापार व्यवसायमा असर परेकाले होटलको आम्दानी पछिल्लो दुई वर्ष घट्दै आएको छ।

होटलले २०७६/७७ मा भने ११ करोड नाफा आर्जन गरेको थियो।

प्रकाशित मिति:     २९ कार्तिक २०७८, सोमबार  |    Himali Khabar