काठमाडौं, १८ फागुन । युवा पर्यटन व्यवसायी कृष्णबहादुर सुवेदीले गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन । नेपाल क्लाइम्बिङ एडभेञ्चर प्रा.लिका प्रबन्ध निर्देशक सुवेदीले भिटोफ नेपालमा सह-कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्
धादिङको ज्वालामुखी गाउँपालिका-६, खत्री गाउँका सुवेदी दुई दशकदेखि पर्यटन क्षेत्रमा सम्लग्न छन । कोरोनाले थला परेको नेपालको ग्रामीण पर्यटन व्युँताउन र पुनःप्रवर्धन गर्न आफुले अध्यक्षमा उम्मेदवारी दिन लागेको उनले जानकारी दिए । भिटोफलाई पर्यटनको समुन्नत संस्था बनाउने पहिलो प्राथमिकता लिएको उनले बताए ।
कोरोना महामारीका कारण रोकिएको भिटोफको २४ औं साधारण सभा आगामी चैत २० मा हुँदै छ । सोही साधारणसभाले संघको नयाँ नेतृत्व चयन गर्नेछ।