नेकपा एमाले पर्यटन इलाका कमिटीमा थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

नेकपा एमाले पर्यटन इलाका कमिटीमा थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेकपा एमाले उद्योग व्यावसायि पर्यटन इलाका कमिटीको अध्यक्षमा जिवन थापा मगर चयन भएका छन् । एमालेको विधान महाधिवेश पछि पर्यटन ईलाका पाँचौं अधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा ईन्द्रबहादुर भट्ट, सचिवमा बिष्णु पाण्डे, उप सचिबमा धुर्ब धरेल र हेम कार्की छन् । यस्तै कार्यसमिती सदस्यमा प्रकाश लामिछाने, बिदुर खतिवड, पुरषोतम रिमाल, टंकप्रसाद दुवाडी, राममणी रिजाल, बिष्णु लम्साल, शर्मिला अधिकारी, सापकोटा, जिबन थपलिया, किसान गुरुङ, ज्याङ च्याङ भोटे, फुर्बा शेर्पा, भुबन बहादुर पाण्डे, समिता बराल, पिताम्बर गुरुङ, नबराज श्रेष्ठ, भागबत सिम्खडा, नारायण खनाल, छिरिङ्ग शेर्पा चयन भएका छन् ।

उक्त कमिटीले नेपालको पर्यटन क्षेत्रको समस्या समाधान गर्दै यस क्षेत्रको विकासमा काम गर्ने बताइएको छ ।

प्रकाशित मिति:     २३ आश्विन २०७८, शनिबार  |    Himali Khabar