पर्यटन विभागको महानिर्देशकमा अधिकारी

पर्यटन विभागको महानिर्देशकमा अधिकारी

काठमाडौं । पर्यटन विभागको महानिर्देशकमा तारानाथ अधिकारी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अधिकारीलाई विभागको महानिर्देशकमा पठाएको हो ।

तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङको प्रदेश मन्त्रालयमा सरुवा भएसँगै रिक्त पदमा मन्त्रालयकै प्रशासन तथा योजना महाशाखा प्रमुख रहेका अधिकारीलाई विभागको नेतृत्व दिएको हो ।

प्रकाशित मिति:     २१ आश्विन २०७८, बिहीबार  |    Himali Khabar