होटल र्‍याडिसन २० करोड ३६ लाख रुपैयाँ नोक्सानीमा

होटल र्‍याडिसन २० करोड ३६ लाख रुपैयाँ नोक्सानीमा

काठमाडौं । कोरोना महामारीका कारण पर्यटकीय गतिवीधि ठप्प हुँदा पाँच तारे होटल र्‍याडिसन नोक्शानीमा गएको छ। होटलले २० करोड ३६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

होटल नोक्सानीमा गएपछि सेयरधनीले लाभांशसमेत पाएनन्। कम्पनीले २४औं वार्षिक साधारण सभामा प्रस्तुत गरेको प्रतिवेदनमा घाटा चुलिएको देखाएको छ। अहिले सूचिकृत तीन वटै पाँच तारे होटल नोक्शानीमा छन्।

आर्थिक वर्ष २०७७–०७८ मा होटलको कूल आम्दानी १३ करोड १२ लाख रुपैयाँ रहेको र कूल सञ्चालन खर्च ३३ करोड ४२ लाख रूपैयाँ पुगेको जनाइएको छ। होटलले यो समयावधिमा २२ करोड ५७ लाख रुपैयाँ सञ्चालन नोक्सान भएको र सम्पूर्ण खर्च कट्टा गर्दा २० करोड ३६ करोड रुपैयाँ नोक्शान भएको विवरणमा उल्लेख गरेको छ।

प्रकाशित मिति:     २० आश्विन २०७८, बुधबार  |    Himali Khabar