`पर्यटन व्यवसायी संगठन नेपाल´मा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

`पर्यटन व्यवसायी संगठन नेपाल´मा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायीहरुको संगठन `पर्यटन व्यवसायी संगठन नेपाल´को अध्यक्षमा अन्जन थापा ‘कुमार’ चयन भएका छन । संगठनको बिहीबार राजधानीमा सम्पन्न भेलाले थापाको अध्यक्षतामा ६९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्य समितिको उपाध्यक्षहरुमा रामकृष्ण तिमल्सिना ,अर्जुनलाल प्रधान, बिरेन्द्र अधिकारी , दामोदर ढकाल, हरिभक्त श्रेष्ठ, धनबहादुर गुरुङ, तेञ्जिङ्ग शेर्पा र गणेश रिमाल रहेका छन् ।
यस्तै महासचिवमा बद्रि तिमल्सिना, उप महासचिवमा नवराज गौली र केशब धिताल रहेका छन भने सचिवहरुमा प्रदिप पण्डित, सुमन न्यौपाने, बिष्णु बाराकोटी ,अच्युत गुरुङ, तिलक लोहोनी चयन भएका छन । त्यसैगरि, संगठनको कोषाध्यक्षमा नवराज थापा, सह –कोषाध्यक्षमा सुनिल सिलवाल चयन भएका छन् । कुल ६९ सदस्यीय नयाँ कार्यसमितिमा ५० जना केन्द्रिय सदस्य र अन्य पदाधिकारीहरु रहेका छन ।

प्रकाशित मिति:     १४ आश्विन २०७८, बिहीबार  |    Himali Khabar