पदयात्रा व्यवसायीहरुको छाता संगठन ‘टान’मा एक बर्षको अवधीमा दोस्रोपटक राजस्वको छापा !

पदयात्रा व्यवसायीहरुको छाता संगठन ‘टान’मा एक बर्षको अवधीमा दोस्रोपटक राजस्वको छापा !

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफनेपाल(टान)मा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । टानमा आर्थिक पारदर्शिता नभएको भन्दै छापा मारेको विभाग स्रोतले जनाएको छ ।

हिमाली खवरसंगको कुराकानीमा विभागका ती कर्मचारीले छापा मारेको पुष्ठि गरे ।

विभागले केहि कागजपत्र जफत गरेको छ । उसो त गत बर्ष मंसिर २२ गते पनि विभागले २०७२ देखि २०७७ सम्म पदयात्री सूचना व्यावस्थापन प्रणाली(टिम्स) को फाराम विक्री गरेको तर यसको स्रोत कतै नखुलाइएको भन्दै टानमा छापा मारेको हो । टिम्स वापतको आर्थिक कारोवारका कारण टान पछिल्लो समय विवादमा तानिदै आएको छ । टिम्सले टानलाई विवादित बनाएको भन्दै केहि व्यवसायीहरुले यसको दीर्घकालीन समाधान खोज्न आग्रह समेत गरेका छ्न ।

सांगठनिक गतिविधि र पर्यटन प्रवर्द्धनका कामभन्दा पनि व्यक्तिगत स्वार्थ र आर्थिक लेनदेनमै संगठन लिप्त भएपछि विवादिद हुँदै आएको छ। यसले पर्यटन क्षेत्रलाई धमिलो बनाउँदै गएको व्यवसायीहरु बताउँछन्। अझै हरेक बर्ष राजस्वले छापा मर्नुपर्ने अवस्था आउनु गम्भीर लज्जाको विषय भएको भन्दै व्यवसायीले चिन्ता जाहेर गरेका छन ।

प्रकाशित मिति:     १६ श्रावण २०७८, शनिबार  |    Himali Khabar