काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) को साधारण सभा एवम् निर्वाचन आगामी भदौ ११ गते हुने भएको छ। संघको कार्यसमिति बैठकले सो मितिमा १७ औं र १८ औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त साधारण सभाले संघको नयाँ कार्यसमिति समेत चयन गर्नेछ । संघले कोरोना संक्रमणलाई मध्यनजर गरी सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै साधारण सभा एवम् निर्वाचन आयोजना गर्ने सचिवालयले जनाएको छ।