भारतको नयाँ दिल्लीमा अब काठमाडौंबाट सातामा ६ उडान

भारतको नयाँ दिल्लीमा अब काठमाडौंबाट सातामा ६ उडान

काठमाडौं । भारतको नयाँ दिल्लीमा अब काठमाडौंबाट सातामा कुल ६ उडान हुने भएको छ । अहिले भारतको नयाँ दिल्लीमा साताको दुई उडान भइरहेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रसाद पौडेलका अनुसार अब नयाँ दिल्लीमा काठमाडौंबाट सोमबार, बुधबार र शनिबार नेवानिको उडान हुने छ ।

भारतबाट एयर इण्डियाले उडान तालिका तोक्नेछ । यसअघि सातामा दुई उडान मात्र हुँदा सीट उपलब्ध नहुँदा नयाँ दिल्लीको भाडा अत्यधकि महंगो भएको थियो । बढेको उडान २४ जुलाईबाट मात्र कार्यान्वयनमा आउने निगमले जनाएको छ ।

प्रकाशित मिति:     ४ श्रावण २०७८, सोमबार  |    Himali Khabar