सौर्य एयरलाइन्स नाम परिवर्तन गरेर कुबेर एयरलाइन्स राख्ने तयारी

सौर्य एयरलाइन्स नाम परिवर्तन गरेर कुबेर एयरलाइन्स राख्ने तयारी

काठमाडौ। निजी क्षेत्रको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले कम्पनीको नाम फेर्ने भएको छ। भारतको कुबेर समूहको लगानी भित्रिएसँगै कम्पनीले डेढ वर्ष भित्रमा जहाज संख्या विस्तार गर्दै कुबेर एयरलाइन्स नामाकरणका लागि प्रक्रिया सुरु गरेको जनाएको छ।

कम्पनीमा लगानीको ७५ प्रतिशत भारतको कुबेर समूहको छ। अब नाम ुकुबेर एयरलाइन्सु मा रुपान्तरण गर्न लागिएको कम्पनीका अध्यक्ष दीपक पोखरेलले बताए। यसका लागि कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रक्रिया सुरु गरिसकेको जानकारी दिए ।

कुबेरकै लगानीमा कम्पनीले थप चारवटा एटीआर–७२ जहाज थप्ने योजना बनाएको छ। जहाज थपिए लगत्तै कम्पनीको नाम परिवर्तन हुने प्रक्रिया सुरु गरिएको हो। कम्पनीसँग हाल तीन सीआरजे–२०० सिरिजका जहाज छन्। यतिखेर दुई जहाजले नियमित उडान गर्दै आएको छ ।

प्रकाशित मिति:     १ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar