युक्रेनको राज परिवारले दियो भिटोनका अध्यक्षलाई कन्सुलर सटिफिकेट

युक्रेनको राज परिवारले दियो भिटोनका अध्यक्षलाई कन्सुलर सटिफिकेट

काठमाडौं, १ असार । युक्रेनको राज परिवार तथा इम्प्रेरियर रोयल हाउसले वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवि गाउँले पर्यटन–नेपाल (भिटोन) का अध्यक्ष तेजेनद्र शर्मा पौडेललाई उच्च सम्मान सहित कन्सुल सटिफिकेट प्रदान गरेको छ । पर्यटन क्षेत्रमा उनको योगदानलाई कदर गर्दै युक्रेन राज परिवारले उक्त प्रमाणपत्र प्रदान गरेको हो ।

प्रमाणपत्र प्राप्त गरेपछि शर्माले नेपालमा युक्रेनी पर्यटक भित्र्याउँन पहल गर्ने बताएका छन् । उनि लामो समयदेखि पर्यटन व्यवासयमा आवद्ध छन् भने समाज सेवामा पनि लागेका छन् । उनी एशियन नेपाल होलिडे प्रा.लि., एक्रोस वल्र्ड ट्राभल्स प्रा.लि. र नेपाल भिलेज स्टेका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् ।

प्रकाशित मिति:     १ असार २०७८, मंगलवार  |    Himali Khabar