काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएकाे छ। निगमले आइतबार राती १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएकाे हो।
निगमका अनुसार साविकको बिक्री मूल्य अमेरिकी डलर ८९३ प्रतिकिलो लिटरमा १७८ ले घटाइ नयाँ बिक्री मूल्य अमेरिकी डलर ७१५ प्रतिकिलो लिटर कायम गरिएको हाे। निगमको इन्धन मूल्य निर्धारण नीति अनुसार एलपी ग्यासको नोक्सानीलाई अन्तर्राष्ट्रिय हवाई इन्धनको नाफाबाट परिपूर्ति गर्ने व्यवस्था रहेको छ।