काठमाडौं। वैशाख २४ देखि सुरु भएको वसन्तयामको सगरमाथा आरोहण नेपालतर्फबाट ४३ आरोही समूहका ४०८ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार विश्वभरका उक्त आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्।
ती आरोहीलाई सघाउने क्रममा नेपालका ५०० शेर्पाले समेत सगरमाथाको आरोहण गरेका छन्। यसक्रममा दुई जना आरोहीको मृत्यु भएको छ।
यही सिजनमा बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले समेत सगरमाथाको आरोहण गरेका थिए ।
विभागका अनुसार वसन्तयाममा सगरमाथा सहित अन्य हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।