काठमाडौं । तपाई भ्रमणका लागि कतै जाने योजनामा हुनुहुन्छ ? भ्रमणमा जादा कहाँ र कस्तो होटलमा बस्ने भन्ने चिन्ता लागेको छ ? छ भने अब यो विषयमा चिन्ता लिनुपर्ने अवस्था छैन् । अब
विश्वका जुनसुकै कुनामा बसेर नेपालका जुनसुकै क्षेत्रमा आफुले चाहेको जस्तो होटलमा कोठा सजिलै बुक गर्न सक्नुहुन्छ नेपालमै बनेको पहिलो होटल बुकिङ एप ‘अतिथि घर’ बाट ।
यो एप http://bit.ly/atithigharapp ( atithighar.com) एनड्रोइड र आइओएस दुवैबाट डाउनलोड गर्न सकिन्छ। यती टेक कम्पनीले निर्माण गरेको यो एप एवम् सूचना प्रविधि एवम्,पर्यटन व्यवसायी विश्व पुरी, मेघ आले, मिग्मा डेविट शेर्पा, अजय खड्का र सुजन सुवेदीको समुह मिलेर सञ्चालनमा ल्याएको हो।
अहिले एपमा एक सय भन्दा बढी होटल छन्। नेपाल भरकै होटल एपमा लिस्टिङ गर्ने कम्पनीका निर्देशक विश्व पुरीले बताए । एपमा नेपालका हिमालय क्षेत्रको होटलहरु समेत समावेश गरिने बताइएको छ। अहिलेसम्म हिमालतिरका होटल एपबाट बुकिङ गर्न सकिँदैन । पुरीले भने– ‘नेपालबाट मात्र नभई संसारका जुनसुकै कुनाबाट पनि एप डाउनलोड गरि नेपालका सबै भू–भागका होटल बुक गर्न सक्ने छन् ।’
यो एपको प्रयोगले विश्वमाझ नेपाललाई चिनाउँने मात्र होइन विदेशी एपबाट बुकिङ गर्दा वार्षिक करोडौं रूपैयाँ बाहिरिने गरेकोमा त्यो मुद्रा नेपालमै सञ्चित समेत हुन्छ । यो एपबाट होटल बुकिङ गर्दा ग्राहकले फोन पे, इसेवा तथा जुनसुकै देशको मास्टरकार्डबाट पनि पैसा तिर्न सक्ने छन् भने आफ्नो विस्तृत विवरण पनि एप मार्फत नै भर्न सक्ने छन् । जसले गर्दा होटलमा गएर परिचय पत्र देखाउनुपर्ने वा विवरण भर्नुपर्ने समस्याबाट समेत मुक्ति मिल्ने छ ।
यस्तै यो एपमा ग्राहकलाई होटल खोज्न सहज होस् भनेर कम्पनीले नक्सा समेत आफैले निर्माण गरेको छ। जसले गर्दा गुगल म्याप प्रयोग गर्नुपर्दैन । ग्राहकले बुकिङ क्यान्सिल गर्दा शुल्क लाग्ने वा नलाग्ने, पैसा फिर्ता हुने वा नहुने लगायतका सबै जानकारी एपमै हेर्न सकिन्छ ।
अतिथि घरमा आवद्ध होटलहरुलाई कम्पनीले बुकिङ सफ्टवेयर पनि निःशूल्क उपलब्ध गराएका छन् ।
यो कम्पनीको लोगो सहितको झण्डा विश्व अग्लो सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ। आरोही एवम् यो टिमका सदस्य मिग्मा डेविट शेर्पाले सगरमाथामा एपको झन्डा फहराएका हुन ।
कोठा कसरी बुक गर्ने ?
होटलको कोठा बुक गर्नका लागि सर्वप्रथम एनड्रोइड र आइओएसबाट ‘अतिथि घर’ नामक एप्लीकेशन खोजेर मोबाइलमा डाउनलोड गर्नुपर्छ । त्यसपछि एप्लीकेशन प्रवेश गरी युजर नेम र पाससवार्ड राखेर साइन इन गर्नुपर्छ ।
त्यसपछि आफुले खोजेको शहरमा विभिन्न होटलहरुको विभिन्न किसिमका कोठाहरुको मुल्य सहितको विवरण आउनेछ । त्यसपछि आफुले चाहेको
होटलको चाहेको अवधीभरका लागि कोठा बुक गर्न सकिन्छ ।
यो सुविधा निःशुल्क प्रयोग गर्न सकिने छ । होटलमा पालना गर्नुपर्ने नियमहरु समेत एपमै हेर्न सकिने छ ।