काठमाडौं । सगरमाथासहित हिमाल आरोहणमा पुगेका आरोही सुरक्षित रहेको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार अनपेक्षित तथा आकस्मिक रुपमा उत्पन्न मौसममा परिवर्तन आएपनि सबै आरोही तथा आरोहण दलका सदस्य सुरक्षित रहेको र कुनै जोखिम समेत नरहेको जानकारी दिएको छ ।
अहिले आरोही तथा सहयोगीहरु आधार शिविर र दोस्रो आधार शिविरमा रहेका छन् । हरेक शिविरका करिब एकरएक सय जना रहेको अनुमान छ । हिमालमा रहेका सबै आरोही सुरक्षित रहेको र मौसम तथा प्रतिकुल अवस्थाका कारण उद्धार समेत गरिहाल्नुपर्ने अवस्था नरहेको समेत विभागले जनाएको छ ।