काठमाडौं । सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ। हिमपातको कारण आधार शिविरबाट सगरमाथाको उचाइमा जाने सबै आरोहण दलको यात्रा स्थगित भएको छ।
सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार आरोहण गर्न सगरमाथाको शिखरतर्फ लम्केका आरोहण दलहरु पनि तल झरेका छन् । आरोहण दल क्याम्प टूमा आएर बसेका छन् । क्याम्प टू फर्किने आरोही र शेर्पा सहयोगी गरेर तीन दर्जन बढी संख्या भएको जानकारी दिइएको छ।
हिजोबाट सगरमाथा क्षेत्रको मौसम खराब छ ।